December 2, 2022

नेकपा एमालेले प्रदेश र संघीय निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता

नेकपा एमालेले प्रदेश र संघीय निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । मंगलबार एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली लगाएतका नेताहरु आयोग पुगेर आगामी निर्वाचनका लागि दल दर्ता गराएका हुन् । दल दर्तापछि एमाले उपमहासचिव ज्ञवालीले आगामी निर्वाचनमा एमाले गठबन्धन बनाएर चूनाव नलड्ने बताउनुभयो । ज्ञवालीले विचार र एजेन्डा मिल्नेहरुसँग कहीँकतै तालमेल हुनसक्ने जिकिर गर्नुभयो । निर्वाचनमा दलहरुका आफ्ना बिचारहरु जनतामाझ लगेर जनमत लिनुपर्ने भएपनि अहिलेको देखिएको गठबन्धनको प्रवृति लोकतन्त्रका लागि दिर्घकालिन रुपमा स्वस्थकर नरहेको उहाले बताउनुभयो । ज्ञवालीले कांग्रेस जस्तो कुनै समयमा दुईतिहाइ बहुमत ल्याएको पार्टी अहिले तालमेल नगरी एउटा पनि निर्वाचन क्षेत्रमा लड्न नसक्ने अवस्थामा पुग्नु राम्रो नभएको धारणा पनि राखनुभयो । बलियो दललाई गठबन्धन आवश्यक नपर्ने र कमजोर मात्रै गठबन्धन बनाएर जाने गरेको उहाको भनाई छ ।

आगामी निर्वाचनमा हालसम्म निर्वाचन आयोगमा १० वटा दलले दर्ता गरेका छन् ।

Leave a Reply

Your email address will not be published.