May 24, 2022

नेकपा एमालेले मेयर तथा उपमेयरका उम्मेदवारहरुको निर्णय शनिबार गर्ने

प्रमुख प्रतिपक्षी नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरुको निर्णय शनिबार गर्ने भएको छ । पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा बिहीबार बसेको एमाले सचिवालय बैठकमा प्रदेशबाट सिफारिस भएर आएका नामहरुबारे छलफल भएको र यस बिषयमा आगामी बैठकले टुङ्गो लगाउने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । उहाले सातवटै प्रदेश कमिटीले गरेको सिफारिसका नाममा नै छलफल भएको बताउनुभयो । गुरुङले भरतपुर महानगरबाट बिजय सुवेदी, बीरगंजबाट बिजय सरागवी र ललितपुरबाट हरिकृष्ण व्यञ्जनकारको नाममात्र सिफारिस भएको बताउनुभयो । पोखराबाट १२ जनाको नाम आएको भन्दै उहाले गण्डकी र लुम्बिनीमा प्रदेश सांसदलाई मेयर उपमेयरमा टिकट नदिइने उहाले बताउनुभयो । गुरुङले शुक्रबार एमालेको कार्यालय तुलसीलाल स्मृति भवनमा उद्घाटन गरिने र घोषणा पत्र पनि सार्वजनिक गर्ने जानकारी दिनुभयो ।

त्यस्तै शुक्रबार नै १७ जना कम्युनिष्ट नेताहरुलाई एमालेले सम्मान गर्ने उहाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.