January 29, 2023

नेकपा एमालेले राष्ट्रियसभा बैठकको अवरोध हटायो

Communist Party of Nepal (Unified Marxist–Leninist) - Wikipedia

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राष्ट्रियसभा बैठकको अवरोध हटाएको छ । मंगलबार बसेको राष्ट्रियसभाको दोश्रो बैठकमा एमालेका सांसद देवेन्द्र दाहालले संसद अवरोध भइरहदा जनताको पक्षमा आवाज उठाउने कुरा अवरुद्ध हुन पुगेकाले संसदको अवरोध हटाउने निर्णय गरिएको थियो । यसअघि मंगलबार नै बसेको पहिलो बैठकमा भने एमालेले अवरोध गरेको थियो । दाहालले आफ्नो माग र दृष्टिकोणलाई अनवरत रुपमा राख्ने बताउनुभयो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजित विधेयक २०७९ को सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो । सो क्रममा उहाले संघीयतालाई बलियो बनाउने गरि आगामी बजेट ल्याइने धारणा राख्नुभयो । उहाले बजेटलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने, समाजवाद उन्मुख र आर्थिक रूपान्तरणमा केन्द्रित हुने जानकारी दिनुभयो । संघीय लोकतान्त्रिक प्रणालीको सुदृढीकरण, समष्टिगत आर्थिक स्थायित्व, जनताको विकास र समृद्धिको अपेक्षा पूरा गर्न समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने गरी बजेट आउने उहाले बताउनुभयो । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताकामा जेष्ट ५ गते छलफल हुने राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिनुभयो ।

बैठकमा विभिन्न अध्यादेशहरू पेश गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.