March 29, 2024

नेकपा एमालेले १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

Emale - Home | Facebook

नेकपा एमालेले १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको तुलसीलाल स्मृति प्रष्ठिानमा आयोजित कार्यक्रममा महासचिव ईश्वर पोखरेलले महाधिवेशनको प्रतिक चिन्ह लोगो सार्वजनिक गर्नुभएको हो । लोगोमा गैंडाले कम्युनिष्ट पार्टीको झण्डा बोकेको देखाइएको छ । त्यस्तै पार्टी खातामा चाहेको रकम अनलाइनमार्फत जम्मा गर्नका लागि क्यू आर कोड पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा एमालेका महासचिव पोखरेलले सहमतिका साथ सहमतिका साथ नेतृत्व चयन गर्ने बताउनुभयो । देशभरका सबै स्थानीय अधिवेशन एकैसाथ सहमतिमा भएको भन्दै केन्द्रीय नेतृत्व चयन पनि सहमतिमै हुने उहाले बताउनुभयो । महाधिवेशनमा सहभागीका लागि तीन किसिमको प्रतिनिधि रहने व्यवस्था रहेको जानकारी दिदै पोखरेलले प्रतिनिधि छनोटका लागि शनिवार मुलुकभर एकैपटक निर्वाचन हुने बताउनुभयो । उहाले राष्ट्रिय राजनीतिलाई सहि दिशा दिनका लागि पनि एमालेको महाधिवेशन महत्वपूर्ण हुने धारणा पनि राख्नुभयो ।

कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको प्रतिनिधिको व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाले महाधिवेशन पूर्णत डिजिटल हुने जानकारी दिनुभयो । एमालेले सहमतिका साथ प्रतिनिधि चयनका लागि पनि आह्वान गरेको छ । महाधिवेशन अघि मंसिर ७ गते मुलुक भर मोटरसाईकल र्याली गरिने भट्टराईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *