
नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेकपा एमाले बिखण्डनतर्फ जान लागेको भन्दै अव माथि उठ्न नसक्ने तर्क गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित पुस्तक बिमोचन कार्यक्रममा जनताप्रति गरेका प्रतिवद्धता पुरा नगरेको र पार्टीको कार्यदिशा तथा सिद्धान्त नै परित्याग गरेकाले एमाले अब बिखण्डनतर्फ जान लागेको भन्दै अव माथि उठ्न नसक्ने तर्क गर्नुभएको हो । उहाले जनताले शक्तिशालि बनाएको एमालेलाई केपी ओलीले कमजोर बनाएकाले एमाले अव पानीको फोका जस्तै भएको जिकिर गर्नुभयो । खनालले गएको निर्वाचनमा जनतासंग गरेको प्रतिवद्धतालाई पनि ओलीले तिलाञ्जली दिएको र पार्टीलाई सहि बाटोमा हिडाउन नसकेका कारण आफुहरुले नयाँ बाटो रोजेको उहाको भनाई छ ।
त्यस्तै खनालले पार्टी निर्माणको चार महिनामै आफूहरुले राष्ट्रव्यापी पार्टी बनाइसकेको समेत दावी गर्नुभयो । खनालले समाजवादमा पुगेर मात्र सुखी नेपाली समृद्ध नेपालको पुरा हुने धारणा राख्नुभयो ।