May 20, 2024

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सरकारको नेतृत्व आधा–आधा कार्यकाल गर्ने सहमति

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सरकारको नेतृत्व आधा–आधा कार्यकाल गर्ने सहमति जुटेको छ । जसअनुसार पहिला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । आइतबार केपी ओली निवास बालकोटमा भएको छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउन निर्णय भएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो । सरकार गठनका लागि एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका १६६ सांसदको समर्थन रहेको पोखरेलले बताउनुभयो ।

सरकार गठनका लागि कांग्रेसंग भएको छलफलमा सहमति जुट्न नसकेपछि प्रचण्ड ओली निबास बालकोट जानुभएको थियो । बालकोटमा भएको छलफलका क्रममा प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको हो ।

One thought on “नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सरकारको नेतृत्व आधा–आधा कार्यकाल गर्ने सहमति

Leave a Reply

Your email address will not be published. Required fields are marked *