December 5, 2023

नेकपा एमाले लुम्बिनी प्रदेशसभामा विरोध

Province 5 assembly endorses Lumbini as the name of the province by  majority votes

पार्टीले कारवाही गरेका प्रदेशसभा सदस्य अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेको भन्दै नेकपा एमालेले लुम्बिनी प्रदेशसभामा विरोध गरेको छ । बिहीबार बैठक सुरु भएलगतै प्रदेशसभामा एमालेले विरोध जनाएका थिए । एमालेले कारवाहीका लागि निर्णय गरेर पठाएका दुई सांसद पदमुक्त भएको सूचना टाँस नबढाउँदासम्म सदन चल्न नदिने जनाएलगत्तै एमाले सांसदहरू उठेर रोष्टमतिर गएका थिए ।

एमाले सांसदको नाराबाजी चलिरहेका बेला बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभामा विवादित सांसदबारे जानकारी गराउनुभएको थियो । यसलगत्तै सभामुखले बैठक सकिएको र आगामी बैठक असोज ७ गते बस्ने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *