December 5, 2023

नेकपा एमाले स्थानीय तहको निर्वाचन केन्द्रीय कार्ययोजना निर्माण

प्रमुख प्रतिपक्षी नेकपा एमाले स्थानीय तहको निर्वाचन केन्द्रीय कार्ययोजना निर्माणमा जुटेको छ । पार्टी कार्यालय थापाथलीमा सोमबार बसेको एमाले केन्द्रीय कार्यालय बैठकमा सम्पूर्ण पार्टीपङ्तीलाई निर्वाचनका केन्द्रीत गर्ने गरि बनाउन लागिएको कार्ययोजनामा छलफल भएको एमाले प्रचार विभाग उपप्रमुख बिष्णु रिजालले जानकारी दिनुभयो । बैठकमा मंगलबार तीन बजे बस्ने पार्टी केन्द्रीय सचिवालयको एजेण्डाका बारेमा छलफल भएको उहाले बताउनुभयो । सातै प्रदेशमा निर्वाचन केन्द्रीय प्रशिक्षण र अभिमुखी कार्यक्रमहरु सम्पन्न गरेको र छिटै पार्टीका अरु तहका बैठकहरु आयोजना गरेर सम्पूर्ण पार्टीपङ्तीलाई निर्वाचनका केन्द्रीय गरिने रिजालले बताउनुभयो । त्यस्तै उहाले पोलिट्व्युरो तथा केन्द्रीय कमिटी बैठकको तयारीका बारेमा पनि छलफल भएको जानकारी दिनुभयो ।

पछिल्लो राजनीतिक अवस्था तथा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न एमालेले चैत ९ र १० गतेका लागि बैठक बोलाएको छ भने केन्द्रीय कमिटी बैठकअघि मंगलबार सचिवालयको र चैत ७ गते पोलिट्ब्युरो बैठक बस्ने तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *