July 27, 2021

नेकपा जनवादीले आइतबार काठमाडौंमा विरोध प्रदर्शन

दुई वर्षयता जनताका प्रत्यक्ष सवालमा सरकारसँग निरन्तर वार्ता गरेपनि कुनै सुनुवाई नभएको भन्दै नेकपा (जनवादी)ले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।जनजीविकाका सवालमा केन्द्रित विभिन्न ५२ बुँदे मागप्रति सरकार गम्भीर नबनेपछि आन्दोलनमा उत्रनुपरेको सो पार्टीले जनाएको छ । प्रदर्शनमा सहभागीहरुले संसद बिघटन विरुद्ध नारावाजी गरेका थिए ।

उनीहरुले विभिन्न समूहका पीडितहरूलाई राहत,पुनस्र्थापना,सहुलियत, सुविधासँग सम्बन्धित मागहरू अघि सारेका छन् ।प्रदर्शनकारीले ‘द्वन्द्वपीडित प्रहरीलाई न्याय देऊ’, ‘हामीलाई समाजमा पुनःस्थापित गराईदेऊ’, ‘गरिबले चाहेजति निःशुल्क पढ्न पाउने कहिले र कहाँ ?’ जस्ता प्लेकार्ड बोकेका थिए ।

Leave a Reply

Your email address will not be published.