July 26, 2021

नेकपा प्रचण्ड–नेपाल निर्वाचन आयोगनेकपा प्रचण्ड–नेपाल पक्षले निर्वाचनसम्बन्धी सवै कार्यक्रमलाई रोक्न निर्वाचन

नेकपा प्रचण्ड–नेपाल निर्वाचन आयोगनेकपा प्रचण्ड–नेपाल पक्षले निर्वाचनसम्बन्धी सवै कार्यक्रमलाई रोक्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । सोमबार सो पक्षका शिर्ष नेताहरु आयोग पुगि संसद विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले तत्काल निर्वाचन सम्बन्धी गतिविधि रोक्न आयोगको ध्यानाकर्षण गराएको हो ।अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले निर्वाचन सम्बन्धी गतिविधि गर्दा मुद्दा प्रभावित हुने भन्दै आफूहरुले त्यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको नेता लिलामणि पोखरेलले जानकारी दिनुभयो ।निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक गर्ने, स्थायी मतदान केन्द्रमा तयारी गर्ने लगाएतका काम गरिरहेको भन्दै आफुहले सवै प्रकारका निर्वाचन केन्द्रीत कार्य रोक्न ध्यानाकर्षण गराएको उहाले बताउनुभयो ।सरकारले निर्वाचनको मिति तय गरेपछि आयोगले मतदाता नामावली अध्यावधिक गर्ने तथा स्थायी प्रकृतिका मतदान केन्द्रहरुबारे काम गरिरहेको छ ।यसले मुद्दा प्रभावित हुने भएकाले आफूहरुले रोक्न आग्रह गरेको र निर्वाचन आयोगले पनि तत्काल ती काम रोक्ने आश्वाशन दिएको नेता पोखरेलले जानकारी दिनुभयो ।

यस्तै सो पक्षले नेकपा सम्बन्धी आयोगका रहेका सम्पूर्ण कागजातको प्रतिलिपि पनि माग गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी नयाँ चुनावको मिति घोषणा गर्नुभएको थियो ।सरकारले आगामी वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभा चुनाव गर्ने बताएको छ । तर प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका क्रममा रहेको छ ।

Leave a Reply

Your email address will not be published.