July 27, 2021

नेकपा प्रचण्ड–नेपाल पक्षको पत्रकार सम्मेलन

Prachanda | Biography & Facts | Britannica

प्रतिनिधिसभा बिघटनबिरुद्ध नेकपा प्रचण्ड–नेपाल पक्षले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छ ।सोमबार पार्टी कार्यालय पेरिसडाडमा पत्रकार सम्मेलन गर्दै नेकपा प्रचण्ड–नेपाल समूहले देशका विभिन्न ठाउँमा सभा र विरोध सहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । आन्दोलनका कार्यक्रम अन्तर्गत माघ १३ गते काठमाडौंमा सिट्ठी जुलुस तथा १४ देखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधान सभा सदस्य, सांसद र प्रदेश सभा सदस्यको धर्ना लगायत छन् । पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य पम्फा भुसालले माघ १५ गते बुटवलमा, १६ गते विराटनगरमा सभाको आयोजना गरिएको जानकारी नुभयो ।

यस्तै माघ २८ गते काठमाडौंमा विरोध जुलुस र सभा आयोजना गरिएको उहाले बताउनुभयो ।पत्रकार सम्मेलनमा प्रवक्ता नारायणकाजी श्रेष्ठले दलसम्बन्धी आयोगको निर्णयले प्रश्न खडा भएको बताउनुभयो । यद्धपी आयोगको निर्णयबारे औपचारिक पत्र आएपछि प्रतिक्रिया जनाउने उहाले बताउनुभयो ।पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि नेकपा विभाजन भएको थियो । निर्वाचन आयोगले भने नेकपा विवादलाई वैधानिकता दिन अस्वीकार गरेको छ ।

Leave a Reply

Your email address will not be published.