October 15, 2021

नेकपा प्रचण्ड–माधव पक्षले मंगलबार काठमाडौंमा सिटी जुलुस

सिटी जुलुस संसद विघटनविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेको नेकपा प्रचण्ड–माधव पक्षले मंगलबार काठमाडौंमा सिटी जुलुस निकालेको छ ।काठमाडौको लैनचौरबाट सुरु सिटी जुलुस असन इन्द्रचोक हुँदै बसन्तपुर पुगेर सम्पन्न भएको थियो । सिटी फुकेर जुलुसमा सहभागी भएका नेकपाका नेता तथा कार्यकर्ताले असंवैधानिक कदम खारेज गर्नुपर्ने भन्दै सरकारबिरोधी नारा लगाएका थिए ।

नेकपाले सोमबार तेस्रो चरणको आन्दोलन घोषणा गरेको थियो । जसअनुसार, मंगलबार सिटी जुलुस निकालिएको नेकपाले जनाएको छ ।आन्दोलनका क्रममा नेकपाका सो पक्षले देशका ठूला शहरहरुमा जनप्रदर्शन गर्ने तय गरेको छ । गएको पुस १४ र माघ ९ मा राजधानी उपत्यकामा शक्ति प्रदर्शन गरेको माघ २८ मा पनि राजधानीमा जनप्रदर्शनको तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published.