January 19, 2022

नेकपा माओवादी केन्द्रको आठौँ महाविधेशन सुरु

नेकपा (माओवादी केन्द्र)को आठौँ महाविधेशन आइतबारबाट काठमाडौंमा सुरु भएको छ । महाधिवशेनको माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्मेलनका उद्घाटन गर्नुभयो । महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेर बहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल लगाएत बिभिन्न दलका नेताहरु सहभागी भएका थिए । देशव्यापीरूपमा कार्यकर्तापङ्क्तिमा छाएको उत्साह तथा जनस्तरबाट प्राप्त सुझावका आधारमा माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको थियो । महाधिवेशनले पार्टीको समग्र नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालसम्म विकल्प देखिएको छैन ।

हाल माओवादीको केन्द्रीय समिति १७९ सदस्यीय छ । महाधिवेशनमा २९९ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गर्ने जनाएको छ । यसपटक माओवादीले पुनः बहुपदीय प्रणालीको अवलम्बन गर्ने जनाएको छ । महाधिवेशनमा देशभरीबाट १ हजार ६ सय ३१ प्रतिनिधि सहभागी रहेको माओवादीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.