September 23, 2021

नेकपा माओवादी केन्द्रले पार्टीको बिधान पारित

maowadi kendra « Khasokhas

नेकपा माओवादी केन्द्रले पार्टीको बिधान पारित गरेको छ ।पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले पार्टीको बिधान पारित गर्दै केन्द्रीय कमिटी वा राष्ट्रिय सम्मेलनबाट अनुमोदन गराउने निर्णय गरेको छ । त्यस्तै बैठकले नेता विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन आयोग गठन गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।आयोगलाई आफ्नो नियमावली र निर्देशिका बनाउन जिम्म दिएको महराले बताउनुभयो । त्यस्तै बैठकले माओवादीसँगको एकताका क्रममा आएका विभिन्न तहका नेता कार्यकर्ताको समायोजन र उचित जिम्मेवारी प्रदान गर्नका लागि गठित कार्यदलको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको प्रवक्ता महराले बताउनुभयो ।

माओवादीले पार्टीका केन्द्रीय आयोगहरुलाई २५ सदस्यीय तथा विभागहरु ३५ हुने व्यवस्था पनि निर्धारण गरेको छ । माओवादीले आयोग तथा विभागमा रहने नेताहरुको सिफारिस गर्न सुझावहरु संकलन गर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published.