April 15, 2024

नेताहरुलाई गाली गर्ने प्रवृति आफ्नो पार्टीभित्र पनि देखापरेको: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अवसर नपाए पार्टी र नेताहरुलाई गाली गर्ने प्रवृति आफ्नो पार्टीभित्र पनि देखापरेको बताउनुभएको छ । बिहीबार अखिल नेपाल महिला संघ समाजवादीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफुलाई अवसर दिए उचित र अरुलाई अवसर दिदा नकारात्मक रुपमा लिने प्रवृति आफ्नो पार्टीभित्र पनि देखापरेको बताउनुभएको हो । त्यस्तै अध्यक्ष नेपालले अन्य दलमा अवसर पाए हामफालीहाल्ने काम पनि नेपाली राजनीतिमा देखिएको जिकिर गर्नुभयो । उहाले बिधि र मापदण्ड तय गरेर संगठनहरुलाई अघि बढाउनुपर्ने धारणा पनि राख्नुभयो । अहिले राजनीतिमा चरम भ्रष्टचारी प्रवृति हावी भएकाले जनताहरुको विश्वास गुम्दै गएको उहाको भनाई छ । त्यस्तै नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता झलनाथ खनालले अव समाजवादको बाटोमा हिड्नुको बिकल्प नभएको बताउनुभयो । उहाले आगामी निर्वाचनमा बढि भन्दा बढि महिला उम्मेदवार खडा गरिने बताउनुभयो ।

उहाले पार्टीलाई दरो बनाउदै मुलुकको बिकासको बाटोमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *