January 19, 2022

नेतृत्व चयनमा सहमतिका लागि आग्रह नगर्ने :केपीओली

Nepal PM Oli: Had thought Covid-19 wouldn't spread at this level thanks to  Nepalis' 'strong immunity' - OnlineKhabar English News

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औं महाधिवेशनबाट नेतृत्व चयनमा सहमतिका लागि आग्रह नगर्ने स्पष्ट पार्नुभएको छ । महाधिवेशनका सन्दर्भमा मंगलबार काठमाडौंमा सम्पादकहरुसंगको छलफलका क्रममा अध्यक्ष ओलीले आफूले सहमतिका लागि आग्रह गर्दा दबाव दिएको सन्देश जान सक्ने भएकाले नेतृत्व चयनको जुनसुकै प्रक्रियालाई पनि स्वीकार गर्ने स्पष्ट पार्नुभएको हो । कार्यकर्ता वा प्रतिनिधिको इच्छा बेगर आफुले कुनै सुझाव वा कदम नचाल्ने उहाको भनाई छ । आफुले अहिलेसम्म अध्यक्ष पदमा उम्मेदवारी दिने वा नदिनेबारे अहिले निर्णय गरिनसकेको भन्दै उहाले आफु अध्यक्षमा उठ्ने भए पनि अरुलाई अध्यक्षमा नउठ्नु नभन्ने बताउनुभयो । अध्यक्षमा उम्मेद्वारी दिएर आफुलाई भीम रावलले चूनौती दिएको नभई आफूप्रति देखाएको स्नेहपूर्ण सम्मान भएको उहाले बताउनुभयो । त्यस्तै उहाले माधवकुमार नेपालसहितको नेताहरु बाहिरहँदा विवाद अन्त्य भएको दावी गर्नुभयो । आफुहरु प्रतिपक्षमा पुगेर पार्टीलाई शुद्धिकरण र सुढृदीकरणको अवसर मिलेको उहाको भनाई छ । अध्यक्ष ओलीले झापामा माओवादी केन्द्रको महाधिवेशन गरेर देखाउन पुष्पकमल दाहाललाई चुनौती पनि दिनुभयो । ओलीले महाधिवेशनको उद्घाटनका बेला चितवनमा देशभरबाट नेपालमा रहेका सवारी साधानले बोक्न सक्ने जति मानिसलाई उतार्ने बताउनुभयो ।

फरक प्रसंगमा अध्यक्ष ओलीले सर्वोच्च अदालतमा देखिएको समास्या समाधान गर्न सवै न्यायधिशले राजीनामा गर्नुपर्ने बताउनुभयो । अहिले सर्वोच्च अदालतमा भइरहेका घटना दुःखद् रहेको भन्दै उहाले त्यसको अन्त्य प्रधानन्यायाधीश जबराले राजीनामा गरेर नहुने जिकिर गर्नुभयो । उहाले आफुलाई संसदले नभई अदालतले हटाएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभएको थियो । पत्रकार सम्मेलनमा एमाले सचिव योगेश भट्टराईले महाधिवशेनको सम्पूर्ण तयारी पुरा भएको भन्दै उद्घाटन समारोहमा पाँच लाख भन्दा बढीको जनप्रदर्शन हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.