August 6, 2022

नेपालका विभिन्न क्षेत्र डुवानमा

ReporterNepal Updating you… » badi-pahiro

लुकभर एक्कासी मौसम बदली भएर बर्षा हुँदा नेपालका विभिन्न क्षेत्र डुवानमा परेको छ । हाल बङ्गालको खाडीमा र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण बर्षा हुँदा नेपालका विभिन्न क्षेत्र ढुवानमा परेको हो । दुई वटा प्रणाली सक्रिय हुँदा पश्चिम नेपाल नराम्ररी प्रभावित भएको छ । डोटीमा दुई र डडेलधुरा तथा कालिकोटमा एक÷एक गरी चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वर्षाका कारण कालिकोट, डडेलधुरा, बझाङ, गुल्मी, प्युठान, अछाम, डोटी, पाल्पा, कञ्चनपुर, दैलेख र बर्दियामा बढी प्रभाव परेको छ । मुख्यगरी सेती, महाकाली, कर्णाली, पश्चिम राप्तीलगायत ठूला तथा त्यसका सहायक नदीमा बाढीको बहाव उच्च रहेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका ९ खल्ला मसेट्टीमा महाकालीको बाढीमा सोमबार रातिदेखि फसेका ५ जनाका मंगलबार उद्धार भएको छ । त्यस्तै पूर्वका अधिकांश स्थान डुवान भएको छ । बाढीका कारण बिभिन्न राजमार्गहरु अवरुद्ध भएका छन् ।वर्षाले सुदूरपश्चिम क्षेत्रलगायत विभिन्न ठाउँलाई प्रभावित पारेपछि राहत तथा उद्धारको व्यवस्थापनमा लाग्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन गरिसक्नुभएको छ ।

Leave a Reply

Your email address will not be published.