November 30, 2023

नेपालकै पहिलो स्मार्ट रिफ्रेस सेण्टर स्थापना

रुपन्देहीको सैनामैनामा नेपालकै पहिलो स्मार्ट रिफ्रेस सेण्टर स्थापना गरिने भएको छ ।राजमार्गमा हुने सवारी दुर्घटना न्युनिकरण र राजमार्गको सरसफाईलाई ध्यानमा राखेर सैनामैनामा लुम्बिनी प्रदेश सरकारको लगानीमा नेपालमै पहिलो स्मार्ट रिफ्रेस सेण्टर स्थापना हुने भएको हो । राजमार्गमा अब्यवस्थित पार्किङ गरेर फोहर गर्ने कार्यलाई निरुत्साहित गर्न र लामोदुरिको चालकहरुलाई केहिबेर आराम गर्ने ब्यवस्था गरि सवारी दुर्घटना न्युनिकरण गर्न प्रदेश सरकारले रिफ्रेस सेण्टरको स्थापनाको अवधारणा ल्याएको प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयले जनाएको छ ।

अत्याधुनिक रिफ्रेस सेण्टरको शुक्रबार एक समारोहका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शिलान्यास गर्नुभयो ।शिलान्यास समारोहमा बोल्दै मुख्यमन्त्री पोखरेलले रिफ्रेस सेण्टरले बहउपयोगी काम गर्ने बिश्वास ब्यक्त गर्नुभयो ।दुई चरणमा सम्पन्न गर्ने गरि तयार गरिएको आयोजनाको पहिलो चरणको लागत अनुमान ४ करोड ८२ लाख रहेको छ । रिफ्रेस सेण्टरमा सवारी पार्कीङ, चार्जिङ सेण्टर, अत्याधुनिक शौचालय, चालक बिश्रामगृह, यात्रु प्रतिक्षालय, चमेना गृह लगायतका सुबिधा रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *