


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले भूकम्पपछि नेपालको ऐतिहासिक स्थलको पुननिर्माणमा चीनले सरकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंको दरबार हाई स्कुलमा चीन सरकारले उपलव्ध गराएको शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा उहाले नेपालको ऐतिहासिक सांस्कृतिक स्थल हनुमानढोका देखि दरवारस्कुलसम्मको पुननिर्माणमा चीनले सरकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाले नेपालको इतिहास बोकेको दरवार हाइस्कुल निर्धारित समयमा नै चीन सरकारले नया रुपमा पुननिर्माण गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा चिनियाँ नयाँ वर्षको अवसरमा नेपालका लागि चिनिया राजदूत होउ यान्छीले बिद्यालयलाई खेलकुद सामग्री, स्वास्थ्य सामग्री, व्याग, पुस्तक लगाएत प्रदान गरेको थियो ।मन्त्री श्रेष्ठले चीन सरकारको सहयोग निरन्तर प्राप्त भइरहेको भन्दै यसले दुईदेशबीचको भावनालाई थप प्रगाढ बनाएको जिकिर गर्नुभयो । २०७२ सालको बिनासकारी भूकम्पबाट क्षति भएको दरवार हाइस्कुल चीन सरकारको सहयोगमा पुनर्निर्माण गरिएको थियो ।
