December 5, 2023

नेपालको निर्यात बढाउन महासंघले सकारात्मक भूमिका खेल्ने

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको निर्यात बढाउन महासंघले सकारात्मक भूमिका खेल्ने बताउनुभएको छ ।पाँचौ निर्यात दिवस–२०७७ का अवसरमा नेपाल निर्यात परिषद्ले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ढकालले नेपालको निर्यात सन्तोषजनक नरहेको अवस्थामा निर्यात बढाउन आवश्यक भूमिका खेल्ने बताउनुभएको हो ।कोरोनाका कारण कतिपय अवसर गुमेको र कतिपय क्षेत्रमा अवसर पनि प्राप्त भएको भन्दै उहाले अव व्यवसायको क्षेत्रले फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाले नेपालको ह्यान्डीक्राफ्टलाई बढि भन्दा बढि निर्यात गर्नका लागि सरकारले उचित वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो ।निकासी व्यापारको सुधार, राष्ट्रिय अर्थतन्त्रको मूल आधार भन्ने नाराका साथ पाँर्चौ निर्यात दिवस मनाइएको हो । चालू आर्थिक बर्षको कातिर्कसम्म नेपालको आयात ४ खर्व २ अर्व ४९ करोड र निकासी ४० अर्व २० करोड रहेको परिषद्ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *