July 26, 2021

नेपालको पूर्वी नाका काँकडभिट्टाबाट हुने आयात ह्वातै घटेको छ

COVID-19 virus: Hit by a virus and lockdown, the wheels are coming off the  Indian logistics industry - The Economic Times

नेपालको पूर्वी नाका काँकडभिट्टाबाट हुने आयात ह्वातै घटेको छ ।
कोभिड संक्रमणको दोस्रो लहर तिब्र भएसंगै यस नाका हुंदै भारतबाट नेपाल आउने सामानको आयात घटेको हो । कोरोना संक्रमण फैलिँदै गएको भन्दै भारतको पश्चिम बंगाल राज्य सरकारले लकडाउन गरेको छ । यता दोस्रो लहरको कोभिडको संक्रमण झापामा पनि तिब्ररुपमा फैलिंदै गएपछि स्थानीय प्रशासनले गत चैत्र १४ गतेदेखि नाकामा कडाई गर्दै आएको छ ।यस नाका हुंदै औषधि, खाद्यान्न, डिजेल, पेट्रोल, एलपी ग्यास तथा अक्सिजन बुलेटबाहेक कुनै पनि सामान र सवारी साधन आयात नभएको मेची भन्सार कार्यालयले जनाएको छ ।

कोभिडका कारण उद्योग धन्दा, कलकारखाना, बजार क्षेत्र पूर्ण रुपमा बन्द भएकाले यस नाकाबाट अत्यावश्यक बाहेकका सामान आयात भएको छैन ।उद्योग धन्दा, कलकारखाना, बजार क्षेत्र पूर्ण रुपमा बन्द भएकै कारण नेपालमा पेट्रोलियम पदार्थको खपत नहुंदा साताको तिन दिन मात्र न्यून मात्रामा पेट्रोलियम पदार्थ आयात हुंदै आएको मेचि भन्सार कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.