December 2, 2022

नेपालको मौलिक पहिचान गराउने माध्यम नृत्य भएको छ: उपराष्ट्रपति

उपराष्ट्रपति नन्द बहादुर पुनले विश्वमा नेपालको मौलिक पहिचान गराउने माध्यम नृत्य भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित नृत्य प्रतियोगिता कार्यक्रममा उपराष्ट्रपति पुनले नृत्यका धेरै बिधा रहेको भन्दै यसले विश्वमा नेपालको मौलिक पहिचान गराउने बताउनुभएको हो । उहाले समाजको रुपान्तरणसंगै नेतृत्वमा मौलिकता कायम राख्नुपर्ने धारणा राख्नुभयो । नृत्यका सन्दर्भमा औपचारिक शिक्षा सुरु हुनु सकारात्मक भएको भन्दै नृत्यको माध्यमबाट रोजगारीको सिर्जना समेत भइरहेको उहाले बताउनुभयो ।

कार्यक्रममा उपराष्ट्रपति पुनले बिभिन्न व्यक्तिहरुलाई सम्मान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.