
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको स्वास्थ्य उपचारमा हुने खर्चलाई घटाउनुपर्ने बताउनुभएको छ । काठमाडौं महानगरपालीका वडा नंव ३० मा रहेको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापाले नागरिकको स्वास्थ्य खर्च घटाएर नेपालको स्वास्थ्य प्रणालीलाई बिकास गर्नुपर्ने बताउनुभएको हो । उहाले संविधानमा आधारभूत स्वास्थ्य सेवा निशुल्क हुने भनिएपनि आधारभूत स्वास्थ्य सेवा कहाँ प्रदान हुन्छ भन्ने अन्यौल नै रहेको बताउनुभयो । अहिले सरकारले स्वास्थ्य बिमाको अवधारणा ल्याएपनि स्वास्थ्य उपचारमा हुने खर्च बढे राज्यले नै थेग्न नसक्ने उहाले बताउनुभयो ।
थापाले स्वास्थ्य बीमा कार्यक्रमलाई नीजि क्षेत्रलाई दिन नहुनेमा जोड दिनुभयो ।