November 30, 2023

नेपालको हवाइक्षेत्रलाई अझै सुरक्षित र दिगो बनाउन चूनौति रहेको छ: सचिव सुरेश अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपालको हवाइक्षेत्रलाई अझै सुरक्षित र दिगो बनाउन चूनौति रहेको बताउनुभएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण(क्यान) को २४ औं वार्षिकोत्सवको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सचिव अधिकारीले पछिल्लो चार बर्षयता क्यानले निकै सुधारका काम गरेको भन्दै अझै नेपालको हवाइक्षेत्रलाई अझै सुरक्षित र दिगो बनाउन चूनौति रहेको बताउनुभएको हो । पछिल्ला बर्षमा अन्तराष्ट्रिय बिमानस्थल र आन्तरिक बिमानस्थलको स्तरोन्नतीका लागि क्यानले उपलव्धीपूर्ण काम गरेको उहाले बताउनुभयो । सचिव अधिकारीले अमेरिका, स्वीजरल्याण्ड, रुवान्डा लगाएत बिभिन्न देशहरुसंग हवाई सेवासम्बन्धी सम्झौता अघि बढेको जानकारी दिनुभयो । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले त्रिभुवन बिमानस्थलमा हुने बिमान चापलाई ध्यान दिई रात्रीकालिन उडानलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । गौतलबुद्ध बिमानस्थलमा उडानमा प्रोत्साहन गर्न अन्तराष्ट्रिय सेवा प्रदायकलाई सहुलियत दिइएको उहाले बताउनुभयो । उहाले आन्तरिक उडानलाई थप सुरक्षित र व्यवस्थित गर्नका लागि पनि प्रविधिलाई पनि समायानुकुल बिकासित गर्दै लगेको जानकारी दिनुभयो ।

कार्यक्रममा क्यानको बार्षिक बुलेटिन सार्वजनिक गरिएको थियो भने बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *