August 10, 2022

नेपालमा आइतबार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि

Corona: contributions from the Max Planck Society | Max-Planck-Gesellschaft

नेपालमा आइतबार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार २ सय ६८ पिसिआर परिक्षणका क्रममा २ सय ४२ जना र २ हजार ४ सय १४ एन्टीजेन परिक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २० हजार ४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ५४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै २ सय ३४ संक्रमित निको हुँदा नेपालमा ८ लाख ६ हजार ७ सय ७८ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ८ सय ९० सक्रिय संक्रमित आइशोलेशन र ९५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.