November 24, 2022

नेपालमा थप तीन सय जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप तीन सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ९ सय ८१ पिसिआर परिक्षणका क्रममा १ सय ७७ जना र २ हजार ६ सय ९ एन्टीजेन परिक्षणका क्रममा १ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय २४ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा २ हजार ४ सय ५७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.