November 25, 2022

नेपालमा थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ६ सय पिसिआर परिक्षणका क्रममा १ सय २७ जना र २ हजार ३ सय ५९ एन्टीजेन परिक्षणका क्रममा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ७१ जना निको भएका छन् ।

हाल नेपालमा २ हजार २ सय ७१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.