November 24, 2022

नेपालमा थप १ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि

Corona: contributions from the Max Planck Society | Max-Planck-Gesellschaft

नेपालमा थप १ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार २ सय २५ पिसिआर परिक्षणका क्रममा १ हजार १ सय ३ र ३ हजार २ सय ८८ एन्टीजेन परिक्षणका क्रममा ६ सय ११ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८ सय ३ जनाको मृत्यु भएको छ । त्यस्तै थप ४ हजार ७ सय ७१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६ सय ३९ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ५२ हजार ७ सय ८० सक्रिय संक्रमित आइशोलेशन र १ सय ३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.