April 15, 2024

नेपालमा थप १ हजार ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि

Corona: contributions from the Max Planck Society | Max-Planck-Gesellschaft

नेपालमा थप १ हजार ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ५ सय ८७ पिसिआर परिक्षणका क्रममा १ हजार १ सय ८४ जना र ४ हजार १ सय ५ एन्टीजेन परिक्षणका क्रममा ७ सय ७३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ८ सय ३८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ५ हजार १ सय ३ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख २० हजार ५ सय ९२ जना निको भएका छन् ।

हाल नेपालमा ३६ हजार १ सय ८१ सक्रिय संक्रमित आइशोलेशन र १ सय ४० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *