December 5, 2022

नेपालमा थप २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ५ सय १८ पिसिआर परिक्षणका क्रममा १ सय ३७ जना र २ हजार ८ सय ८३ एन्टीजेन परिक्षणका क्रममा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ६८ संक्रमित निको भएका छन् ।

हाल नेपालमा २ हजार ४ सय ७३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.