November 30, 2023

नेपालमा थप २ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ४ सय ५८ पिसिआर परिक्षणका क्रममा १ सय ४३ जना र २ हजार ४ सय ६३ एन्टीजेन परिक्षणका क्रममा १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप २ सय ३२ संक्रमित निको भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा ३ हजार १ सय ४६ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *