May 23, 2024

नेपालमा थप २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ३ सय ९९ पिसिआर परिक्षणका क्रममा १ सय ६२ जना र १ हजार ७ सय ६६ एन्टीजेन परिक्षणका क्रममा १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ८६ जनाको मृत्यु भएको छ । त्यस्तै थप ५ सय १ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७५ हजार ३ सय ७ जना निको भएका छन् ।

हाल नेपालमा ५ हजार ४ सय ३४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *