December 5, 2022

नेपालमा थप ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि

Corona: contributions from the Max Planck Society | Max-Planck-Gesellschaft

नेपालमा थप ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार १ सय ३३ पिसिआर परिक्षणका क्रममा २ सय ७५ जना र ३ हजार ९ सय ५८ एन्टीजेन परिक्षणका क्रममा १ सय ६२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना कारण ११ हजार ९ सय १३ जनाको मृत्यु भएको छ । त्यस्तै थप २ हजार ४ सय ५४ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ४८ हजार ७ सय ८४ जना निको भएका छन् ।

हाल नेपालमा १४ हजार ४ सय ३५ सक्रिय संक्रमित आइशोलेशन र १०९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.