November 28, 2022

नेपालमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर गरिएको ७ सय २५ पिसिआर परिक्षणका क्रममा ४५ जना र १ हजार ६१ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप २१ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ६ सय २२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.