December 5, 2023

नेपालमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।देशभर गरिएको १ हजार २ सय ६ पिसिआर परिक्षणका क्रममा ४० जना र १ हजार ८ सय १८ एन्टीजेन परिक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण आइतबार कसैको पनि मृत्य भएको छैन ।

त्यस्तै थप एक सय जना संक्रमणमुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ८६ हजार ३ सय ३५ जना निको भएका छन् । हाल नेपालमा १ हजार २ सय २३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *