April 19, 2024

नेपालमा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार २ सय १५ पिसिआर परिक्षणका क्रममा ४ सय जना र २ हजार ८ सय ४० एन्टीजेन परिक्षणका क्रममा २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५९ जनाको मृत्यु भएको छ । त्यस्तै थप २ सय १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ८ सय २ जना संक्रमण मुक्त भएका छन् ।

हाल नेपालमा ३ हजार ७ सय १४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *