May 22, 2022

नेपालमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि

Corona: contributions from the Max Planck Society | Max-Planck-Gesellschaft

नेपालमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ६ सय ७ पिसिआर परिक्षणका क्रममा ६२ जना र २ हजार ३ सय ७४ एन्टीजेन परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५० जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप १ सय ८९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६० हजार ६ सय ८६ जना निको भएका छन् ।

हाल नेपालमा ५ हजार २ सय १२ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.