December 5, 2023

नेपालमा थप ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि

Corona: contributions from the Max Planck Society | Max-Planck-Gesellschaft

नेपालमा थप ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार २ सय ६० पिसिआर परिक्षणका क्रममा ४ सय ९१ जना र २ हजार ३ सय ९४ एन्टीजेन परिक्षणका क्रममा ३ सय ४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप चार जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८ सय ८२ जनाको मृत्यु भएको छ । त्यस्तै थप १ हजार ८ सय २६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ३४ हजार ६ सय ४८ जना निको भएका छन् ।

हाल नेपालमा २६ हजार १ सय २ सक्रिय संक्रमित आइशोलेशन र १ सय १८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *