October 10, 2021

नेपालमा पर्यटकलाई आकर्षित गर्न बिभिन्न कार्यक्रम ल्याइ

नेपाल पर्यटन बोर्डको कार्यकारी निर्देशक (सीईओ) मा धनन्जय रेग्मीले कोरोना महामारीपछि नेपालमा पर्यटकलाई आकर्षित गर्न बिभिन्न कार्यक्रम ल्याइने बताउनुभएको छ ।शुक्रबार पर्यटन बोर्डमा धन्सार डटकमको शुभारम्भ गर्दै उहाले बिभिन्न प्रबद्र्धनात्मका कार्यक्रमहरु बोर्डले तयार गरिरहेको बताउनुभएको हो ।नेपालबाट बिभिन्न देशमा जाने बिद्यार्थीहरुलाई नेपालको पर्यटकीय क्षेत्रको जानकारीमुलक सामाग्री पठाउने कार्यक्रम प्रभावकारी भएको उहाको भनाई छ ।

उहाले नेपालको पर्यटकिय क्षेत्रको प्रचारका लागि फोटोपत्रकाारहरुको भूमिका महत्वपूर्ण रहेकोले पर्यटन बोर्ड सहकार्य गरेर अघि बढ्ने जानकारी दिनुभयो ।धन्सार डटकममा पर्यटन प्रवद्र्धन गर्न नेपाालको ऐतिहासिक भिडियो फोटो लगाएतका सामाग्री हेर्न पाउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published.