March 27, 2023

नेपालमा बिहीबार थप २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि

Corona: contributions from the Max Planck Society | Max-Planck-Gesellschaft

नेपालमा बिहीबार थप २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ८ सय १४ पिसिआर परिक्षणका क्रममा २ सय ३५ जना र २ हजार ८३ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २४ हजार ३ सय ९८ पुगेको छ । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ९० जनाले ज्यान गुमाएका छन् । त्यस्तै २ सय २८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ११ हजार ७ सय ४६ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ४ हजार ८ सय ७१ सक्रिय संक्रमित आइशोलेशन र १०३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.