
नेपालमा बिहीबार १२ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २१ हजार ७ पिसिआर परिक्षणका क्रममा १० हजार ५२ जना र ६ हजार ४ सय ९० एन्टीजेन परिक्षणका क्रममा २ हजार २ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९५ हजार ८ सय ८८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६ सय ३२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ६ सय ४९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १८ हजार ८ सय ९ जना निको भएका छन् ।
amir
हाल नेपालमा ५७ हजार ३ सय २८ सक्रिय संक्रमित आइशोलेशन र १ सय २५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
You could definitely see your enthusiasm in the work you write. The world hopes for more passionate writers such as you who are not afraid to say how they believe. All the time go after your heart.