January 19, 2022

नेपालमा बिहीबार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

Corona: contributions from the Max Planck Society | Max-Planck-Gesellschaft

नेपालमा बिहीबार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार १८ पिसिआर परिक्षणका क्रममा १ सय ९७ जना र १ हजार ४ सय ३३ एन्टीजेन परिक्षणका क्रममा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १९ हजार २ सय ५५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ४९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ३ सय २९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ५ हजार ९ सय संक्रमित निको भएका छन् । हाल नेपालमा ६ हजार १ सय ५ सक्रिय संक्रमित आइशोलेशन र ९७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.