August 5, 2022

नेपालमा मंगलबार २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि

Corona: contributions from the Max Planck Society | Max-Planck-Gesellschaft

नेपालमा मंगलबार २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ३ सय ९२ पिसिआर परिक्षणका क्रममा २ सय २९ जना र ४ हजार ३ सय १७ एन्टीजेन परिक्षणका क्रममा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २० हजार ६ सय ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ५९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ३ सय ६२ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ७ हजार ५ सय १६ संक्रमित निको भएका छन् । हाल नेपालमा ५ हजार ६ सय ८९ सक्रिय संक्रमित आइशोलेशन र ९६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.