June 21, 2024

नेपालमा मूल्यमान्यताको राजनीति हराउँर्दै जान थाल्यो: नेता प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालमा मूल्यमान्यताको राजनीति हराउँर्दै जान थालेको बताउनुभएको छ । गणेशमान सिंह फान्डेसनले बुधबार चाक्सीबारमिा प्रजातन्त्र स्थापना, पुनस्थापना एवं सम्वद्र्धनका लागि योगदान गरेकाहरको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नेपाली राजनीति मूल्य भन्दा शक्ति केन्द्रित हुन थालेको बताउनुभएको हो । नेता सिंहले प्रजातन्त्र स्थापनाका लाथि योद्धाहरुले गरेको योगदानको चर्चा गर्नुभयो । गणेशमान सिंह फान्डेसनले गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ०७९ बाट ध्यान गोविन्द रञ्जित, हिमालय शमशेर राणा,मनज्ञ लाकोललाई प्रदान गरेको हो ।

त्यस्तै हरिनाथ बाँस्तोला, डा. दिनेशनाथ गंगोल,नारायणप्रसाद भट्टराई,पूर्णानन्द शर्मा,दिलीप सापकोटा,योगप्रसाद उपाध्याय, स्वर्गिय गणेश कर्माचार्य र चम्पा थारुलाई पनि उक्त प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *