August 5, 2022

नेपालमा शनिबार २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

Corona: contributions from the Max Planck Society | Max-Planck-Gesellschaft

नेपालमा शनिबार २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार २ सय ९५ पिसिआर परिक्षणका क्रममा २ सय २० जना र १ हजार ५ सय २ एन्टीजेन परिक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १७ हजार ९ सय ७९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ४० जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै थप ३ सय ९२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ४ हजार १ सय ८ संक्रमित निको भएका छन् । हाल नेपालमा ६ हजार ७ सय ४४ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.