December 1, 2023

नेपालमा शुक्रबार २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

Corona: contributions from the Max Planck Society | Max-Planck-Gesellschaft

नेपालमा शुक्रबार २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ४ सय ७२ पिसिआर परिक्षणका क्रममा २ सय ३२ जना र ४ हजार १५ एन्टीजेन परिक्षणका क्रममा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १९ हजार ५ सय १४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ५ सय ५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै ३ सय ३७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ६ हजार २ सय ३७ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ९ सय ९७ जना सक्रिय संक्रमित आइशोलेशनमा रहदा ९६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

One thought on “नेपालमा शुक्रबार २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

  1. Hello there, just became aware of your blog through Google, and found that it is truly informative. I am going to watch out for brussels. I’ll be grateful if you continue this in future. Many people will be benefited from your writing. Cheers!

Leave a Reply

Your email address will not be published. Required fields are marked *