November 30, 2023

नेपालमा सोमबार २ सय २० जनामा कोरोना संक्रमण पुष्टि

Corona: contributions from the Max Planck Society | Max-Planck-Gesellschaft

नेपालमा सोमबार २ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ७ सय २५ पिसिआर परिक्षणका क्रममा २ सय १८ जना र १ हजार ४ सय १६ एन्टीजेन परिक्षणका क्रममा २ जनाम कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २१ हजार ९ सय ३७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ७४ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप २ सय ६३ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ९ हजार १ सय ५५ संक्रमित निको भएका छन् । हाल नेपालमा ५ हजार २ सय २५ सक्रिय संक्रमित आइशोलेशन र ९४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

One thought on “नेपालमा सोमबार २ सय २० जनामा कोरोना संक्रमण पुष्टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *