June 14, 2024

नेपालमा सोमबार ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

Corona: contributions from the Max Planck Society | Max-Planck-Gesellschaft

नेपालमा सोमबार ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १४ हजार १४ पिसिआर परिक्षणका क्रममा ५ हजार ७ सय ४७ जना र ३ हजार ४ सय ५१ एन्टीजेन परिक्षणका क्रममा ९ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६ सय २३ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ५ सय ४७ जना निको हुँदा हालसम्म नेपालमा ८ लाख १६ हजार ९ सय ८५ जना निको भएका छन् ।

हाल नेपालमा ३० हजार ८ सय ७७ सक्रिय संक्रमित आइशोलेशनमा र एक सय जना क्वारेन्टाइनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *