June 21, 2024

नेपाललाई सञ्चार प्रविधि केन्द्रका रुपमा विकास गर्नुपर्ने

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई सञ्चार प्रविधि केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।मन्त्रालयमा सोमबार आयोजित विदाई कार्यक्रमा उहाले यस्तो बताउनुभएको हो । जलस्रोत, पर्यटन र पूर्वाधारको विकाससँगै मुलुकले विकासको गति लिएको आभास भएको उहाले बताउनुभयो । उहाले राजनीतिक आस्थाभन्दा माथि उठेर देश र जनताका निम्ति स्थायी सरकारकैरूपमा काम गर्न निजामती कर्मचारीलाई आग्रह गर्नुभयो ।

मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले निवर्तमान मन्त्री कार्कीले मन्त्रालयको जिम्मेवारी लिएपछि मन्त्रालयको ९५ प्रतिशत कामकारवाही डिजिटल माध्यमबाट गर्न सफल भएको बताउनुभयो ।

2 thoughts on “नेपाललाई सञ्चार प्रविधि केन्द्रका रुपमा विकास गर्नुपर्ने

  1. ¿Hay alguna forma de recuperar el historial de llamadas eliminado? Aquellos que tienen una copia de seguridad en la nube pueden usar estos archivos de copia de seguridad para restaurar los registros de llamadas de teléfonos móviles.

Leave a Reply

Your email address will not be published. Required fields are marked *