May 20, 2024

नेपाली कांग्रेसका डा शेखर कोइराला समूहले पार्टी कार्यालयमा सानेपामा धर्ना

आगामी निर्वाचनका लागि समानुपातिक सूचीमा असन्तुष्टि जनाउँदै आएका नेपाली कांग्रेसका डा शेखर कोइराला समूहले पार्टी कार्यालयमा सानेपामा धर्ना दिएका छन् । आगामी निर्वाचनमा समान अवसर र न्यायको माग राख्दै कांग्रेसका कोईराला समूहले बुधबार धर्ना दिएका हुन् । पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा आफ्नो पक्षको थोरै मात्र नेताहरु परेको उनीहरुको आरोप छ । सो समूहले ४० प्रतिशत आफूले पाउनुपर्ने माग गर्दै आएको छ । यसै विषयमा पार्टीको ध्यानाकर्षण गराउदा पनि उपेक्षा गरिएकाले बाध्य भएर धर्नामा बस्नुपरेको कांग्रेस नेता जगदिश्वर नरसिंह केसीले बताउनुभयो । उहाले पार्टीभित्र सवैलाई समान अवसर दिनुपर्ने आफुहरुको धारणा रहेको बताउनुभयो । आफुहरुको माग सम्बोधन गर्ने सुनिश्चित भए आफुहरुले पार्टीभित्रको बिद्रोहलाई कम गर्दै लैजाने उहाको भनाई छ । त्यस्तै कांग्रेसका अर्का नेता अजयबाबु शिबाकोटीले पार्टी नेतृत्वले गरेको निर्णय प्रक्रियामा आफुहरुको विरोध रहेको बताउनुभयो । पार्टीको एउटा पक्षलाई बाहिर राख्ने काम देखिएकाले नेतृत्वलाई ध्यानाकर्षण गराउन दवाव सिर्जना गर्नुपरेको उहाले बताउनुभयो । उनीहरुले आफुहरुको बिषय व्यक्तिका लागि मात्रै नभएर समग्र पार्टीको बिषय भएकाले बिहीबारसम्म समानुपातीक सूची सच्चाउने विश्वास व्यक्त गरेका छन् ।

यता संस्थापन पक्षले भने सवैको सहमतिमा सर्वसम्मत रुपमा नै समानुपातिक सूची तयार गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *